एनआरएनए मादागास्करको अध्यक्षमा थापा

एनआरएनए मादागास्करको अध्यक्षमा थापा

मदागास्कार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) मादागास्कारको अध्यक्षमा दान बहादुर थापा निर्वाचित भएका छन् । थापाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो।

उपाध्यक्षमा सुवाश आले मगर, र आङ्ग गेल्जी शेर्पा, महासचिवमा पेम्बा शेर्पा, सचिवमा मनकुमार घर्तीमगर, कोषाध्यक्षमा भरतराज आचार्य र सहकोषाध्यक्षमा गुरुङ्ग दमाई निर्वाचित भएका छन्।

यस्तै युवा संयोजकमा हिम बहादुर बुढाथोकी र रमेश राना निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा रामकुमार राई, मार्क गुरुङ, कर्ण शेर राई, बिरबहादुर खड्का, पूर्णबहादुर खड्का, तेजबहादुर खड्का, चन्द्रबहादुर खड्का, धन राज सावा लिम्बू र बुलन गुरुङ्ग निर्वाचित भएका छन्।

यस्तै सल्लाहकारमा शिव राज कंडेल,रमेश राई र चन्द्रबहादुर खड्का चयन भएका छन्।