कोभिड संक्रमणबाट मलेसियामा थप ३७ नेपालीको निधन

कोभिड संक्रमणबाट मलेसियामा थप ३७ नेपालीको निधन सांकेतीक तस्वीर

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मलेसियामा थप ३७ नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले वितेको तीन हप्ता मलेसियामा थप ३७ जना नेपालीको मृत्यु भएको जनाएको छ।

संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।

स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन्।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ।