कुवेतको सडक दुर्घटनामा नेपाली ‘डेलिभरी ब्याय’को निधन

कुवेतको सडक दुर्घटनामा नेपाली ‘डेलिभरी ब्याय’को निधन सांकेतीक तस्वीर

कुवेत सिटी । कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ।

‘होम डेलिभरी सेवा’मा काम गर्दै आएका ती युवालाई मोटरसाइकल चलाइरहेका बेला विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटना कुवेतको रुमैथिया भन्ने ठाउँमा भएको हो ।

मृतक युवा नेपाली भएको जनाइए पनि नाम भने खुलाइएको छैन।

सूचना पाएलगत्तै स्वास्थ्यकर्मी र प्रहरी सूचना घटनास्थल पुगेका थिए । तर, ती युवालाई बचाउन नसकिएको बताइएको छ।

मृतकको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।