इदको विदामा यस्तो छ यूएईको मौसम पूर्वानुमान

इदको विदामा यस्तो छ यूएईको मौसम पूर्वानुमान

दुबई । यूएईमा छ दिनको इद अल–अधाको विदामा तापक्रममा क्रमिक वृद्धि हुने अनुमान गरिएको छ।

राष्ट्रिय मौसम पूर्वानुमानले १९ जुलाइदेखि २४ सम्म अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस पुग्न सक्ने बताएको छ।

मौसम पूर्वानुमानका अनुसार दिउँसो अत्यधिक गर्मी हुनुका साथै देशका उत्तरी र पूर्वी भागमा आंशिक बादल लाग्न सक्ने बताइएको छ।

त्यस्तै, बेलुकीपख देशका पूर्वी र दक्षिणी भागको केही स्थानमा हल्का बादल सहित पानी पर्न सक्ने बताइएको छ। यो सम्भावना मंगलबार र बुधबार बढि रहेको बताइएको छ।

त्यसैगरी केही स्थानमा बतास चल्न सक्ने, धुलो र बालुवा उड्न सक्ने समेत पूर्वानुमान गरिएको छ।

अरबियन खाडीमा समुद्रको गति बढ्न सक्ने र ओमन समुन्द्रको तह हल्का नै रहने बताइएको छ।



No ads found for this position