एनआरएनए केन्यामा गैरेको नेतृत्वमा नयाँ कार्यसमिति

एनआरएनए केन्यामा गैरेको नेतृत्वमा नयाँ कार्यसमिति

नैरोबी, केन्या । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) केन्यामा नयाँ कार्यसमिति चयन भएको छ।

आइतबार राजधानी नैरोबीस्थित माया रेस्टुरेस्टमा सम्पन्न संघको पाँचौ राष्ट्रिय महाधिवेशनले कृष्ण प्रसाद गैरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मि बुलन, महासचिवमा यज्ञमणि रेग्मि, सचिवमा सुरेस मोर र कोषाध्यक्षमा रवि जैन निर्वाचित भएका छन्।

यस्तै महिला संयोजकमा मिरा गिरी र युवा संयोजकमा कमल अधिकारी चुनिएका छन्।

कार्यकारी सदस्यहरुमा बिस्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ र लक्ष्मण गैरे निर्वाचित भएका छन्।

अधिवेशनले केन्याबाट आइसीसी सदस्यमा टिका धितालाई जिम्मेवारी दिएको छ।

अधिवेशनमा केन्याका लागि नेपालका अवैतानिक महावाणिज्यदूत जिम्मी अस्कर प्रमुख अतिथि थिए ।

सिवलाल अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशन समारोहको सञ्चालन टिका धितालले गरेका थिए।

कार्यक्रममा संघका पूर्व आइसीसी सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष तथा केन्द्रिय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको पनि आतिथ्यता थियो।