ओमनका राजाले दिए ३४५ कैदीबन्दीलाई आममाफी

मस्कट । ओमनका राजा (सुल्तान) हैथम बिन तारिकले आफ्नो देशमा विभिन्न मुद्दामा जेलजीबन बिताइरहेको ३४५ जना कैदीबन्दीलाई आममाफी दिएका छन्।
उनले इद अल–अधा (बकर इद) को अवसरमा १३१ विदेशीसहित ३४५ जना कैदीबन्दीलाई आममाफी दिएको रोयल ओमन पुलिसका एक वरिष्ठ अधिकारीलाई उद्धृतगर्दै ओमन न्यूज एजेन्सीले जनाएको छ।
खाडी देशहरुमा इदको पवित्र अवसरमा मुद्दाको प्रकृति हेरेर कैदीहरुलाई आममाफी दिने गरिन्छ ।
ताजा अपडेट

प्रवास खबर
कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु

प्रवास खबर