ढाकामा आगो लाग्दा ५२ जनाको निधन

ढाका। बंगलादेशको राजधानी ढाकामा बिहीबार आगलागी हुँदा ५२ जनाको निधन भएको छ। ढाकाको ६ तला फ्याक्ट्रीमा भएको आगलागीमा ३० जना घाइते भएको र केहीको खोजी कार्य चलिरहेको बंगलादेशको मिडियाले बताएका छन्।
आगोबाट ज्यान जोगाउन मानिसहरू माथिल्लो तलाबाट हाम्फालेका थिए। आगो फ्याक्ट्रीको माथिल्लो तलामा लागेको थियो।
आगो किन लाग्यो भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको छैन। प्रहरीले साँझ ५ बजे रुपगञ्ज क्षेत्रमा फुड तथा वेभरेज फ्याक्ट्रीमा आगो लागेको बताएको छ। आगो शुक्रबार दिउँसोसम्म नियन्त्रणमा आउन सकेको थिएन। प्रहरीले २५ जनालाई जोगाउन सफल भएको बताएको छ।
फ्याक्ट्रीमा आगो लाग्दा कति जना मानिस बिल्डिङमा थिए, त्यो स्पष्ट नभएको प्रहरीले बताएको छ।
बंगलादेशमा आगो लाग्नुलाई समान्य मानने गरिन्छ। गत वर्ष फेब्रुअरीमा पनि ढाकाको एउटा अपार्टमेन्टमा आगो लाग्दा ७० जनाको ज्यान गएको थियो।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
