श्रीलंकामा ८ नेपाली विधार्थीलाई छात्रबृत्तिको प्रस्ताव, इक्यानद्धारा स्वागत

श्रीलंकामा ८ नेपाली विधार्थीलाई छात्रबृत्तिको प्रस्ताव, इक्यानद्धारा स्वागत

काठमाडौं।श्रीलंकाले स्नातकका लागि ८ नेपाली विधार्थीलाई सूचना प्रविधि विषयमा छात्रबृत्ति दिने भएको छ। श्रीलंकाली दुतावासका अनुसार पादुकास्थित श्रीलंका टेक्नोलोजी क्याम्पसले यही वर्षको जुलाई महिनादेखि सुरु हुने सूचना प्रविधि विषयको स्नातकतर्फ ८ विधार्थीलाई छात्रबृत्ति दिने घोषणा गरेको हो।

क्याम्पसले स्नातकस्तरको आइटी, कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विधार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इन्जिनियरिङ जस्ता विषयमा तीन जनालाई पूर्ण र ५ जनालाई आंशिक छात्तबृत्ति दिन लागेको हो। आंशिक छात्रबृत्ति पाउनेले ३० देखि ६० प्रतिशतसम्म छुट पाउने छन्।

श्रीलंका टेक्नोलोजी क्याम्पसको छात्रबृत्ति कार्यक्रमको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले स्वागत गरेको छ। उसले आवेदन दिने मिति ३० जुन, २०२१ सम्म रहेको भएपनि संघको पहलमा क्याम्पसले आवेदन भर्ने मिति ८ जुलाईसम्म लम्ब्याएकोमा खुसी व्यक्त गरेको छ।

स‌घका महासचिव दिपकराज भुषालद्धारा हस्ताक्षरित विज्ञप्तीमा विदेशमा पढ्न जाहने नेपालीका लागि यो आकर्षक प्रस्ताव भएको बताइएको छ।

आवेदन भर्न चाहने विधार्थीका लागि यहाँ क्लिक गर्नुहोस्