तीन केटालाई लोग्ने बनाएकी ३० वर्षीय महिलालाई ११ वर्ष जेल सजाय

तीन केटालाई लोग्ने बनाएकी ३० वर्षीय महिलालाई ११ वर्ष जेल सजाय

बहराइन। तीन जना पुरुषलाई पैसाको लागि मुर्ख बनाएर बिहे गरेकी एक अरबी महिलालाई बहराइनको एक अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ।

३० वर्षीय महिलाले तीन जना केटा साथीलाई थाहा नदिई चलाखीपूर्ण तरिकाले उनीहरूसँग बिहे गरेकी थिइन।

स्थानीय पत्रपत्रिकाका अनुसार महिलाले बिहेबापत प्राप्त गर्ने ४५ सय बहराइनी दिनार माहरको रुपमा लिएकी थिइन। मध्यपूर्वमा बिहे गर्दा मुस्लीम केटाले बिहे गर्ने केटी र उसको परिवारलाई पैसा उपलब्ध गराउनुपर्ने हुन्छ।

महिलाको पोल खुलेपछि तीन जनै पुरुषले प्रहरीमा उजुरी दर्ता गराएका थिए। प्रहरीले अनुसन्धानका क्रममा ती महिला पहिलो लोग्नेसँग ४ महिना बसेको र दोस्रो लोग्नेसँग १ महिना बसेपछि तेस्रो लोग्नेको खोजीमा हिँडेको बताइएको छ।

तेस्रो बिहे भने लामो समय टिक्न सकेन। बिहेको एक सातापछि नै महिलाको गतिविधिमा शंका लागेपछि तेस्रो लोग्नेले खोजीनीति गरेका थिए। जसमा यो कुरा सार्वजनिक भएको हो।

महिलाले सुरुमा आफूले पारपाचुके गर्दै अन्य पुरुषसँग बिहे गरेको दावी गरेकी थिइन। तर, अनुसन्धानबाट उनको दावी झुटो भएको प्रमाणित भएको थियो।

नोट: यसअघि यो समाचारमा बहराइन हुनुपर्नेमा यूएई भएकोमा सच्चाइएको छ। असावधानीवस भएको त्रृटीका कारण पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। –सम्पादक



No ads found for this position