मुटुले काम नगरेपनि ५५५ दिन जिवित रहने अमेरिकी युवाको कथा

मुटुले काम नगरेपनि ५५५ दिन जिवित रहने अमेरिकी युवाको कथा

मिशिगन।अमेरिकाको मिशिगन शहरका एक युवा स्टेन लार्किनले ‘हार्ट डोनर’ को पर्खाईमा ५ सय ५५ दिन बिताए। तर, कतैबाट प्राप्त नभएपछि उनले ‘सिङ्कआर्केडिया’ नाम गरेको एउटा डिभाइसको सहयोगले कृत्रिम ह्दय ट्रान्सप्लान्ट गरे। जसका कारण उनी जिवित छन्। यस्तो डिभाइसले मानिसको मुटुको दुबै भागले काम गर्न बन्द गरेपछि आफ्नो काम गर्न सुरु गर्छ।

स्टेनको मुटुले त्यतिबेला काम गर्न बन्द गरेको थियो, जब उनी १६ वर्षका थिए। एक दिन बास्केटबल खेल्ने क्रममा उनी अचानक भूइँमा लडे। अस्पतालमा चेकजाँच गरेपछि उनको रिपोर्ट सार्वजनिक भयो कि उनलाई ‘एरिथमोजेनिक राइट बेन्ट्रीकुलर डिस्प्लेक्सिया’ नामको बिरामी थियो। यो रोग लाग्दा बिरामीको धड्कन अनियन्त्रित हुने र कुनै पनि बेला ह्दयघात हुने सम्भावना प्रबल रहन्छ। यस्तो घटना खेलाडीमा बढी हुन्छ। स्टेन बास्केटबल खेलाडी भएका कारण खतरा अत्याधिक थियो।

स्टेनको परिवार पनि मुटुसम्बन्धि रोगबाट पिडित भएको अमेरिकी मिडियाले बताएका छन्। उनको भाई–बहिनी र परिवारका अन्य सदस्य पनि ‘कार्डियोमाथोपेथी’ बाट पिडित थिए। ‘कार्डियोमाथोपेथी’ मा हद्यघात हुने सम्भावना प्रबल रहन्छ।

स्टेन २५ वर्ष हुँदा मुटुको गम्भीर समस्यामा परेका थिए। उनका लागि मुटु दिने व्यक्तिको खोजी भइरहेको बेला मिशिगन विश्वविधालयका विज्ञ डाक्टरले कृत्रिम मुटु प्रयोग गर्ने निर्णय गरेका थिए। कृत्रिम मुटुलाई पोर्टेबल ब्यागको रुपमा ढाडमा राखिएको थियो।

स्टेनका अनुसार यस अवधिमा २६ पल्ट उनको मुटुले काम गर्न बन्द गरेको थियो। ‘मलाई आफ्नो कारसम्म जान गाह्रो भयो,’ उनले भनेका छन्, ‘मुटुले काम गर्न बन्द गरेपछि मैले कृत्रिम मुटुको सहयोग लिए। यसको तौल ६ किलो छ। अहिले म ठिक छु।’

स्टेनको सल्यक्रियामा संलग्न चिकित्सक डा. जोनाथन हाफ्ट भन्छन्, ‘स्टेनका भाई ‘कार्डियोमाथापेथी’ बाट लडिरहेका थिए। आइसीयूमा दुबैसँग मेरो भेट भयो। म दुबैको मुटु ट्रान्सप्लान्ट गर्न चाहन्थे। तर सम्भव भएन। शरीरको बनावटमा भिन्नता भएका कारण स्टेनको भाई डोमिनिकलाई कृत्रिम मुटु उपलब्ध गराउन सकिएन। उसले ६ साता अस्पतालमा बिताएपछि कृत्रिम मुटुको ट्रान्सप्लान्ट सम्भव भयो।’