एनआरएनएमा चुनावी सरगर्मी, नेतृत्वका प्रत्यासी डा. केसी अमेरिका भम्रणमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसी अमेरिका भम्रणमा निस्किएका छन्। उनलाई न्यूयोर्क विमानस्थलमा अमेरिकी–नेपालीले स्वागत गरेका थिए।
डा.केसीले अमेरिकाका विभिन्न राज्यमा रहेका गैर आवासीय नेपालीसँग छलफल गर्ने बताइएको छ।
संघको आगामी नेतृत्वका आकांक्षी समेत रहेका केसीको यो भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। आउँदो अक्टोबरमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदैछ।
डा.केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी रहने बताइसकेका छन्।
राष्ट्रिय समन्वय सदस्य हुँदै महासचिव, आइसीसी सदस्य, कोषाध्यक्ष, २ कार्यकाल महासचिव र अहिले उपाध्यक्षको जिम्मेवारी सम्हालेका डा.केसीले अबको नेतृत्व आफ्नो पोल्टामा पार्न सक्रियता बढाएको उनी निकट बताउँछन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर