अमेरिकाको चर्चित फ्लोयड हत्या काण्डमा प्रहरीलाई २२ वर्ष ५ महिनाको जेल सजाय

अमेरिकाको चर्चित फ्लोयड हत्या काण्डमा प्रहरीलाई २२ वर्ष ५ महिनाको जेल सजाय

वासिङ्टन। अमेरिकाको चर्चित जर्ज फ्लोयडको मुद्धामा हत्याको अभियोग लागेका प्रहरी अधिकारी डेरेक साविनलाई अदालतले २२ वर्ष ५ महिनाको सजाय सुनाएको छ।

२५ मे २०२० मा भएको घटनाको एक वर्ष ३२ दिनमा फैसला आएको हो। अदालतको फैसलापछि प्रहरी अधिकारी डेरेकको जमानत तुरुन्त रद्ध गरिएको थियो भने उनलाई पक्राउ गरिसकिएको छ।

अश्वेत फ्लोयडको हत्या मामिलामा ६ श्वेत तथा ६ अश्वेत न्यायाधीस संलग्न ज्युरीले निर्णय गरेका हुन्।

गत वर्ष मिनेपोलिसमा भएको एउटा प्रदर्शनमा प्रहरी अधिकारी डेरेकले सडकमा फ्लोयडलाई लडाएर उनको घाँटीमा ८ मिनेट ४६ सेकेण्ड घुडाले थिचेर राखेका थिए। जसका कारण घटनास्थलमा फ्लोयडको निधन भएको थियो। यो घटना सोसल मिडियामा पनि भाइरल भएको थियो।

घटनापछि अमेरिकामा कालाजातिका मानिस आन्दोलित भएका थिए। डेरेकका वकिलले अदालतमा फ्लोयडको निधन मुटुको बिरामी तथा लागुऔषध प्रयोग गरेका कारण भएको दलिल दिएका थिए।

फ्लोयडको परिवारलाई यसअघि मिनेपोलिसको सिटी काउन्सिलले क्षतिपूर्ति स्वरुप २ करोड ७० लाख डलर उपलब्ध गराएको थियो।