बहराइन अस्पतालको कोमामा रहेका एक नेपालीलाई ‘चार्टर्ड’ जहाजबाट पठाइयो

मान्मा । बहराइनको अस्पतालमा लामो समयदेखि उपचारत एक नेपालीलाई ‘चार्टर्ड’ जहाजमार्फत नेपाल पठाइएको छ ।
गत वर्ष ५ मेमा बिरामी परेर कोमामा पुगेका ती नेपालीलाई बिहीबार हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत काठमाडौँ पठाइएको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।
उनलाई एक वर्षसम्म किङग हमाद अस्पतालमा उच्चस्तरको उपचार गरिएको थियो।
कोमामा राखेर उपचार गर्दा उनको २८ हजार ९७४ बहराइनी दिनार ( नेपाली करिव ९४ लाख) अस्पालमा उपचार खर्च उठेको थियो।
उपचारबापत उठेको सो बिल बहराइन सरकारले मिनाह गरिदिएको दूतावासले जनाएको छ ।