PrawasKhabar

PrawasKhabar

One of the best News portal

No ads found for this position
२०८२ वैशाख २९ गते
12th of May 2025
  • देश
  • प्रवास
  • राेजगारी
  • पर्यावरण
  • एनआरएनए
  • फिचर
  • अन्तर्वार्ता
  • खेलकुद
  • विचार
  • विश्व
  • देश
  • प्रवास
  • राेजगारी
  • पर्यावरण
  • एनआरएनए
  • फिचर
  • अन्तर्वार्ता
  • खेलकुद
  • विचार
  • विश्व

लण्डनमा भिसी तुलबहादुरको नाममा रेल सेवा सुरु हुँदा सबै नेपाली हर्सित (फोटोफिचर)

लण्डनमा भिसी तुलबहादुरको नाममा रेल सेवा सुरु हुँदा सबै नेपाली हर्सित (फोटोफिचर)
शिब भण्डारी
२०७८ असार १० गते १५:०४

लण्डन। भिक्टोरिया क्रस ९भिसी० विजेता तुलबहादुर पुनको नाममा लण्डनमा बुधबारदेखि सुरु भएको रेल सेवाको उद्घाटन उनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले गरेका छन्। पुनको नाममा सञ्चालनमा आएको रेल सेवा बुधबारदेखि नै लण्डन प्याडिङटन–ब्रिस्टोलका लागि हिँडेको थियो। बेलायतमा नेपालीको नाममा रेल्वे सञ्चालन हुनुलाई बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायले गर्वको रुपमा हेरेका छन्।

नामाकरण समारोहमा अभिनेत्री जोअना लुम्लेले पनि उपस्थित थिइन। उनले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताइन्। भनिन् ‘मेरो उहाँसँग भेट बुवा बितेको ९ वर्षपछि भएको थियो। भेटमा उहाँले मलाई मेरो बुवाको बारेमा सोध्नु भएको थियो। मैले बुवा बितेको बताएपछि उहाँले अबदेखि तिमी मेरी छोरी भयौ भन्नुभयो।’

गोरखा न्यायीक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अङ्कित भइसकेको बताउँदै लुम्लेले भनिन्, ‘अब पुनलाई सबैले दिनहुँ सम्झिने छन्।’

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखासित काम गर्दा खुशी लागेको बताए। उनले पुनको नाममा रेल्वे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिए। नेपालमा रहेका गोरखा र उनका परिवार कोभिड–१९ को जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए।

ग्रेट वेस्टर्न रेल्वे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेल्वेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन्। दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको थियो। तर कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सार्नुपरेको हो।

यस अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए।

पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए। पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिनन्। कार्यक्रममा पूर्व गोरखाको पनि उल्लेखनीय सहभागिता थियो।

 



No ads found for this position

ताजा अपडेट

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरी : प्रधानमन्त्री
प्रवास खबर

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरी : प्रधानमन्त्री

सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान
प्रवास खबर

सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द
प्रवास खबर

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

भारतले सुरु गर्‍यो पाकिस्तानमाथि आक्रमण
प्रवास खबर

भारतले सुरु गर्‍यो पाकिस्तानमाथि आक्रमण

नेपालमा स्वास्थ्य जनशक्तिको ‘अभाव छैन’ तर टिकाउनै गाह्रो छ : स्वास्थ्यमन्त्री
प्रवास खबर

नेपालमा स्वास्थ्य जनशक्तिको ‘अभाव छैन’ तर टिकाउनै गाह्रो छ : स्वास्थ्यमन्त्री

सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति प्रचण्डको आपत्ति
प्रवास खबर

सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति प्रचण्डको आपत्ति

ट्रेन्डिङ

१

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

२

भारतले सुरु गर्‍यो पाकिस्तानमाथि आक्रमण

3

नेपालमा स्वास्थ्य जनशक्तिको ‘अभाव छैन’ तर टिकाउनै गाह्रो छ : स्वास्थ्यमन्त्री

४

सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान

५

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरी : प्रधानमन्त्री

सम्बन्धित खवर

‘स्वीकृति’ बोकेर उड्न लागेका श्रमिकलाई रोकेपछि अध्यागमनविरुद्ध प्रर्दशन

‘स्वीकृति’ बोकेर उड्न लागेका श्रमिकलाई रोकेपछि अध्यागमनविरुद्ध प्रर्दशन

सन् २०२२ मा एयरबस ४ अर्ब २० करोड युरो खुद नाफा कमाउन सफल

सन् २०२२ मा एयरबस ४ अर्ब २० करोड युरो खुद नाफा कमाउन सफल

सन् २०१८ मा थाई गुफावाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु

सन् २०१८ मा थाई गुफावाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु

टर्की भुकम्प : २२२ घण्टा पछि पनि एक महिलाको जिबितै उद्धार

टर्की भुकम्प : २२२ घण्टा पछि पनि एक महिलाको जिबितै उद्धार

अध्यक्ष: विस्णु प्रसाद खनाल

सम्पादक: संगिता शर्मा

View All

प्रवास मिडिया प्रोडक्सन प्रा:लि

काठमाडौं, नेपाल

सूचना विभाग दर्ता नं . २३३२/०७७/७८

+977-01-4596040,+977-9851276431

[email protected]

© 2023 Prawas-Khabar.

Designed & Developed by: Young Hat Pvt Ltd

Search