शारजहामा ‘ग्याङ फाइट’ मा एक भारतीय युवाको निधन

शारजहामा ‘ग्याङ फाइट’ मा एक भारतीय युवाको निधन

शारजहा।युनाइटेड अरब इमिरेट्स (यूएई) को शारजहामा भएको ‘ग्याङ फाइट’ मा ज्यान जोगाउन एउटा बिल्डिङबाट हाम्फालेका २९ वर्षीय भारतीय नागरिक टिभी विष्णुको घटनास्थलमै मृत्यु भएको छ।

उनी केही व्यक्तिसँग भएको झगडाबाट जोगिन बिल्डिङबाट हाम्फालेका थिए। शारजहा प्रहरीले अबु सागरास्थित अपार्टमेन्टमा अफ्रिकीमूलका केही व्यक्तिसँग झगडा भएको बताएको छ।

झगडा हुँदा विष्णु पनि अपार्टमेन्टमा उपस्थित थिए। उनी पहिलो तल्लाको बाल्कोनीबाट ज्यान जोगाउन हाम्फालेका थिए। तर, यो नै उनको निधनको कारण बन्यो। उनको शरीरमा कुटपिटको कुनै किसिमको संकेत देखिएको छैन।

बाल्कोनीबाट हाम्फाल्दा शरीरमा चोट लागेर आन्तरिक ब्लिडिङ भएको बताइएको छ। उनी शारजहामा शैलुनमा काम गर्थे। यो घटनामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ र छानवीन जारी राखेको छ। प्रहरीले स्थानीयवासीलाई यो मुद्धासँग जोडिएको कुनै पनि आधारहीन समाचार पोस्ट नगर्न भनेको छ। परिवारका अन्य सदस्यलाई थप मानसिक चोट नपुगोस् भनेर सबैसँग आग्रह गरेको हो।