मलेसियाको जेलमा १६३ नेपाली, घर फिर्ती केन्द्रमा ६९ जना

मलेसियाको जेलमा १६३ नेपाली, घर फिर्ती केन्द्रमा ६९ जना सा‌केतीक तस्वीर

क्वालालम्पुर । मलेसियाको जेलमा हाल एक सय ६३ नेपाली रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका द्धितीय सचिव प्रेमबहादुर थापाले दिएको जानकारी अनुसार यी नेपालीहरू मलेसियाको विभिन्न जेलमा रहेका छन्। उनीहरू माथि कानून उल्लङ्घनको आरोप छ।

द्धितिय सचिव थापा भन्छन्, ‘ अहिले मलेसियाको विभिन्न जेलमा १ सय ६३ नेपाली कैद सजाय भोगिरहेका छन्।’ थापाले कैद सजाय भुक्तान गरिसकेका ६९ जना नेपाली भने स्वदेश फर्किन घर फिर्ती केन्द्रमा बसेका छन्। ‘६९ जनाले कैद भुक्तान गरिसक्नु भएको छ। उहाँहरू यतिबेला घर फिर्ती केन्द्रमा बस्नु भएको छ।’

केही दिनअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरसँग कोरोनाका कारण उडान बन्द हुँदा कैद सजाय भूक्तान गरेर फिर्ती केन्द्रमा रहेका नेपालीलाई पठाउन समस्या भएको बताएका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *