कलेजोको समस्यापछि कुवेतमा ३७ वर्षीय बुर्लाकोटिको निधन

काठमाडौं। चितवनको भन्डारा–५ घर भई हाल कुवेतमा कार्यरत ३७ वर्षीय बिनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्यु भएको छ। कलेजोमा समस्या देखिएपछि कुवेतको आदान अस्पातलमा उनको उपचार भइरहेको थियो। बुर्लाकोटिको १३ जुन आइतबार निधन भएको हो।
नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्री कृष्ण सिलवालले प्रवास खबरलाई जानकारी दिँदै भने, ‘बिनोद बुर्लाकोटिको उपचारका क्रममा आदन अस्पातलमा निधन भएको हो। कम्पनी र परिवारसँग समन्वय गरी कानुनी प्रकृयामा दूतावास लागेको छ।’
मृतक बुर्लाकोटी करिब ३ बर्षदेखि कुवेतको नवाफ मुतेरी कम्पनीमा काम गर्दै आइरहेका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर