कुर्दिस्तान : कामबाट फर्किएकी नेपाली महिला केहीबेरपछि झुण्डिएको अवस्थामा मृत

कुर्दिस्तान : कामबाट फर्किएकी नेपाली महिला केहीबेरपछि झुण्डिएको अवस्थामा मृत

सुलेमानी। इराककाे कुर्दिस्तानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोक घर भएकी ४० वर्षीय राधामाया तामाङले आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

कुर्दिस्तानको सुलेमानीमा बस्दै आएकी राधामाया सदाझैँ शुक्रबार पनि काममा गएकी थिइन् । काम सकाएर उनी दिउँसो १२ बजे निवास फर्केकी थिइन् । उनले करिब साढे १२ बजे आत्महत्या गरेको बताइएको छ।

राधामायाका श्रीमान पनि कुर्दिस्तानमै कार्यरत छन् । राधामाया श्रीमान तथा आफ्नो दाजु–भाउजुसहित एउटै फ्ल्याट बस्दै आएकी थिइन् ।उनी कामबाट शुक्रबार मात्रै कोठमा आउने गर्थिन ।

उनले आत्महत्या गर्ने समयमा श्रीमान र भाउजु घरमै थिए । कामबाट फर्केपछि कोठामा छिरेर ढोका बन्द गरेको र नखोलेपछि झ्यालबाट हेर्दा आफूहरुले झुन्डिएको अवस्थामा देखेको उनीहरुले बताएका छन् । प्रहरीले श्रीमानलाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

अहिले राधामायाको शवलाई पोस्टमार्टमको लागि स्थानीय शव गृहमा पुर्याइएको छ । राधामायाले आत्महत्या गर्नुको कारण खुलेको छैन। यद्यपि पारिवारिक झगडा हुनसक्ने कुर्दिस्तानमा रहेका नेपालीको अनुमान छ ।