अक्सिजन सिलिण्डर बोकेर जुम्ला पुग्यो एनआरएनए अफ्रिका

अक्सिजन सिलिण्डर बोकेर जुम्ला पुग्यो एनआरएनए अफ्रिका

काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गतको पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लामा वितरण गरिएको छ ।

शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाको हातबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

अक्सिजन सहितको ७० लिटरका दस थान अक्सिजन सिलिण्डर सहयोग हस्तान्तरण गर्दै बाहिनी पति यामबहादुर सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए ।

कोरना महामारीका कारणले जुम्ला अस्पतालमासमेत अक्सिजन अभाव भएपछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन । यी विपतमा जुम्ला पुगेको एनआरएनएको यो पहिलो राहत हो ।

यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेसन युगान्डाले गरेको छ ।

साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल, एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पूर्व अध्यक्ष रमेश कंडेल तथा अछामका पत्रकार वेदप्रकाश तिमिल्सिनाले थप सहयोग गरेका छन ।

सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय ब्यावस्थापन सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो ।