७ जुनदेखि दोहाका लागि सातामा दुई उडान स्वीकृत

७ जुनदेखि दोहाका लागि सातामा दुई उडान स्वीकृत

काठमाडौं । काठमाडौंबाट कतारको दोहाका लागि हप्तामा २ उडान नियमित सञ्चालन हुने भएको छ ।

मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले दोहाका लागि हप्तामा दुई उडान स्वीकृत गरेको हो ।

प्राधिकरणका अनुसार यो नियम ७ जुन (२४ जेठ) बाट लागू हुनेछ ।

जसअनुुसार प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजका १/१ वटा जहाजले उडान भर्नेछन्।

नेपाल एयरलाइन्सकाे जहाज प्रत्येक सोमबार राति १० बजे दोहाका लागि उड्ने छ । सोही जहाज अर्काे दिन बिहान ९ं :१० बजे दोहाबाट यात्रु बोकेर काठमाडौं आइपुग्नेछ ।

दोहाबाट यात्रु बोकेर आएको कतार एयरवेज भने सोमबार बिहान ९ : १० मा  काठमाडौं अवतरण हुनेछ । उक्त जहाज सोही दिन बिहान ११ : ०५ बजे दोहाका लागि उड्नेछ ।

No description available.