अस्पताललाई मनिषाको सहयोग, दिइन् भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

अस्पताललाई मनिषाको सहयोग, दिइन् भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि कलाकारहरु एकपछि अर्को गर्दै सहयोगका हातहरु अगाडि बढाइरहेका छन् । खासगरी नेपालमा स्वास्थ्ग्य सामग्रीको अभाव हुन थालेपछि कलाकारहरु त्यसको जोहो गर्नतर्फ जुटेका छन् ।

भर्खरै मात्र चर्चित अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा थोरै भएपनि राहत पुगोस् भन्ने हेतुले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । उनले बुधबार बीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क सहयोग स्वरुप प्रदान गरेकी हुन् ।

भाइरस संकटबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेकोसमेत मनीषाले जनाएकी छिन् ।