स्पेनबाट स्वास्थ्य सामग्री बोकेर विशेष विमान बिहीबार काठमाडौं आउँदै

स्पेनबाट स्वास्थ्य सामग्री बोकेर विशेष विमान बिहीबार काठमाडौं आउँदै

यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली संघमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली संघ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच आज भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो।

मन्त्रीद्वयबीचको कुराकानीका क्रममा नेपाल–स्पेन सम्बन्धका विविध पक्षका साथै सहयोगबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चिकित्सा उपकरण एवं सामग्रीको उदार सहायताका निम्ति स्पेन सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड –१९ को बढ्दो नयाँ लहरविरुद्ध जुधिरहेको नेपाललाई मित्रवत् स्पेनी सरकार र जनताबाट प्राप्त सहयोग अतिमहत्वपूर्ण भएको बताए।

स्पेनीमन्त्री लायाले निषेधाज्ञाका कारण बिचल्लीमा परेका आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको सहजकर्ताको भूमिकाको सराहना गरेका पनि मन्त्रालयले जनाएको छ। रासस