जापानमा बेपत्ता भएकी सविना सम्पर्कमा आइन

टोकियो । गत सातादेखि जापानको नायोगाबाट सम्पर्कविहीन भएकी नेपाली युवती सविना पौडेल सम्पर्कमा आएकी छिन ।
उनी परिवारको सम्पर्कमा आएकी हुन् । परिवासँग सविनाले आफू सकुशल र सुरक्षित रहेको जानकारी गराएकी छिन् ।
सविना एक्कासी सम्पर्कविहिन भएपछि परिवारले दूतावास तथा मिडियामार्फत उनको खोजी गरिदिन अनुरोध गरेको थियो।
अध्ययनका लागि ४ वर्षअघि जापान आएकी सविनाले हालैमात्र विद्यार्थी भिषा परिवर्तन गरेर जापानी कम्पनीमा काम थाल्ने तयारी गरेकी थिइन्।