जापानमा नेपाली युवती बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

जापानमा नेपाली युवती बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

टोकियोे ।अध्ययनका लागि जापान आएकी नेपाली युवती सविना पौडेल पाँच दिनदेखि बेपत्ता भएकी छिन्।

जापानको नागोयामा बस्दै आएकी सविना १३ मेबाट सम्मर्कविहीन भएकी हुन । नेपालस्थित परिवारका सदस्यले सविना बिहीवार राती १० बजेर ४५ मिनेटपछि परिवार तथा साथीहरुसँग संपर्क नरहेको पाइएको छ । खोजी गर्दा अहिलेसम्म उनको अबस्था पत्ता लागेको छैन्।

सविना बसन्ती खत्री नाम गरेकी नेपाली युवतीसँगै बस्दै आएकी थिइन । बसन्तीका अनुसार सविना बिहीवार दिउँसो कोठाबाट निस्किएपछि उनीसँग पनि कुनै सम्पर्क भएको छैन । सविनाले आफूलाई उक्त दिन बिहान साँझपख घुम्न जाने बताएपनि दिउँसो भने समय नमिलेकालो जान नपाउने र आफू केही ढिलो कोठामा आउने बताएको जानकारी दिएकी छिन्।

हाल सोधपुछ तथा अन्य जानकारी लिन प्रहरीले बसन्तीलाई आफ्नो नियन्त्रणमा राखेकाले थप जानकारी लिन सकिएको छैन।

बेपत्ता सविनाकी आमा रत्न माया बस्नेत पौडेलले टोकियोस्थित नेपाली राजदूतावासलाई बेपत्ता छोरी खोजी गरिदिन निवेदन गरेकी छिन्। निवेदन पत्रमा आमा रत्नमायाले छोरीसँग उनको मोबाइलमा पनि सम्पर्क हुन नसकेको उल्लेख गर्दै सविनाले अध्ययन गरेको बिद्यालयलगायत विवरण उपलब्ध गराएकी छिन्।

सविनाले हालैमात्र विद्यार्थी भिषा परिवर्तन गरेर जापानी कम्पनीमा काम थाल्ने तयारी गरेकी थिइन् । सविना पार्ट टाईम काम गर्दै आएको कम्पनीले पनि उनले कुनैपनि जानकारी नदिएको र सम्पर्क हुन नसकेको बताएको छ ।

सबिनाको भिसा कम्पनीमा परिवर्तन गर्नको लागि उनले वकिलमार्फत भिसा आवेदनका लागि कागजात समेत बुझाइ सकेकी थिइन्।

सविनाको परिवार नेपाल स्थायि घर ओखल्ढुङ्गा लिखु गाउँपालिका ८ भएपनि सपरिवार हाल काठमाडौं नागार्जून १ रानीवनमा बस्दै आएका छन् ।

सविनाले जापानको नागोया कलेज अफ चाईल्ड वेलफेयर एण्ड विजनेशमा अध्ययन गरेकी थिइन् ।