नेताहरुलाई मनोजको चेतावनी : घृणा, आक्रोश र विद्रोहको रात पर्नुअघि नै घैटामा घाम लागोस्

नेताहरुलाई मनोजको चेतावनी : घृणा, आक्रोश र विद्रोहको रात पर्नुअघि नै घैटामा घाम लागोस्

काठमाडौं । पछिल्लो केही समयदेखि राजनीतिक विावद उत्कर्षमा छ । देशमा कोरोनाले हजारौं मानिसको निधन भइसक्दा पनि शीर्ष नेताहरु भने कुर्सिको लुछाचुँडिमा छन् ।
देशमा कोरोना भाइरसले संक्रमणको उग्र रुप लिइरहेका बेले नेताहरु सत्ताकै खेलमा बसेको भन्दै हाँस्य कलाकार मनोज गजुरेलले आक्रोश पोखेका छन् ।

उनले जनताको जीवनरक्षामा केन्द्रित हुनका लागि कुन वादले रोक्छ भन्दै राजनीतिक दलका नेताहरुलाई प्रश्न गरेका छन् । उनले घृणा, आक्रोश र विद्रोहको रात पर्नुअघि नै घैटामा घाम लागोस् भनेर चेतावनीसमेत दिएका छन् ।

उनले आक्रोश पोख्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ढिलै भएपनि हाम्रो घैँटामा घाम लागेको छ । महामारीको यो बिषम परिस्थितीमा सबै मतभेदहरु स्थनग गरेर अहिलेलाई हामी जनताको जीवनरक्षामा केन्द्रित हुने निर्णय गरेका छौं ।’ गजुरेलले यति गर्नलाई कुन वादले रोक्छ सम्माननीयज्यू ? भनेर प्रश्न तेस्र्याएका छन् ।