बाहिरियो अडियो टेपः सुन तस्करले यसरी श्रमिकलाई भरिया बनाउँछन्

बाहिरियो अडियो टेपः सुन तस्करले यसरी श्रमिकलाई भरिया बनाउँछन्

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरू कसरी सुन बोक्ने भरिया बन्दैछन्? यसको खुलासा भएको छ।

प्रवास खबरलाई प्राप्त अडियो टेपमा देश फर्किन लागेका सोझासाझा नेपालीलाई कसरी भरियाको रूपमा प्रयोग गर्छन भन्ने तथ्य बाहिर आएको हो। इज्जत साथ पैसा कमाउन गएका नेपालीहरू कोही थाहै नपाई सुन तस्करको भरिया भइरहेका छन् भने कोही प्रलोभनमा फसेर भरिया हुने गरेका छन्।

भिडियाे

यूनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट नेपाली श्रमिकलाई भरिया बनाएर सुन पठाउने गरेको हामीलाई प्राप्त अडियो टेपमा खुलासा भएको छ। दुबईमा खुलेका केही नेपालीको सुन पसलबाट खरिद गरिएको सुन अवैध रूपमा नेपाल भित्रिदै आएको छ। हालै मात्र ५ नेपाली अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो ३ सय ९१ ग्राम सुन पक्राउ परेको थियो।

दैनिक विभिन्न रुटबाट अवैध रूपमा सुन नेपाल भित्रिदै आएको छ। प्रवास खबरले दुबईबाट हुने सुन तस्करीको खबरलाई प्रमुखताका साथ प्रकासित गर्दै आइरहेको छ।