प्रधानमन्त्री ओलीको मत ९३, अब काम चलाउ

प्रधानमन्त्री ओलीको मत ९३, अब काम चलाउ

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा राखेको विश्वासको विपक्षमा सर्वाधिक मत परेको छ। २ सय ३२ संसद उपस्थित भएको सदनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १ सय २४ मत झरेको थियो। यो सँगै प्रधानमन्त्री केपी ओली पदमुक्त भएका छन्। उनले अब काम चलाउ सरकारको रूपमा काम गर्नेछन्।

तटस्थ बस्नेमा १५ जनाको मत परेको छ। सभामुख अग्नी सापकोटाले मतदानको निर्णय सुनाउँदै प्रधानमन्त्री ओलीले विश्वासको मत पु¥याउन नसकेको बताएका छन्।

अर्को बैठक बैशाख ३० गते बस्दैछ। यसपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुने सम्भावना रहेकाे छ। साेमबार नेकपा एमाले माधव नेपाल पक्षका २८ जनाले संसद बहिस्कार गरेका थिए। उनीहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले राखेको विश्वासको मत लिने कार्यमा सहभागी भएनन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित ५ मन्त्री निलम्बनमा परेका कारण संसदमा सहभागी हुन पाएनन्।

संसदमा प्रधानमन्त्रीको नयाँ उम्मेदवारले विश्वासको मत नलिँदासम्म ओली काम चलाउ रहनेछन्।