कतारका अर्थमन्त्री भ्रस्टचारको आरोपमा पक्राउ

दोहा।भ्रस्टचारको आरोपमा कतारी अर्थमन्त्री अली शरिफ अल–इमादी पक्राउ परेका छन्। उनलाई शक्तिको दुरुपयोग गरेको आरोपमा सोधपुछका लागि बिहीबार दोहाबाट पक्राउ गरिएको कतार न्युज एजेन्सीले बताएको छ।
उनीविरूद्ध वित्तिय घोटाला गरेको र सार्वजनिक खरिद ऐनको दुरूपयोग गरेको आरोप लागेको छ। कतारी सरकारले सार्वजनिक गरेको विज्ञप्तीमा उनीविरूद्ध छानवीन अगाडि बढिरहेको बताइएको छ।
अर्थमन्त्री अली यसअघि कतारमा निकै चर्चित बनेका थिए, जब उनले कतारमाथि छिमेकी राष्ट्रले लगाएको नाकाबन्दीको डटेर मुकाबला गरे। हाल कतारको आर्थिकस्थिति पहिलेको तुलनामा राम्रो छैन। त्यसैले उनीमाथि वित्तिय गमनको आरोप लागेको छ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर