कतारको जेलमा रहेका १४ नेपालीले पाए आममाफी

कतारको जेलमा रहेका १४ नेपालीले पाए आममाफी

दोहा । कतार सरकारले यहाँको  जेलमा रहेका १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारका विभिन्न कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।

आममाफी पाएका ती नेपालीलाई स्वदेश फर्काउन  सहजीकरण गरिने दोहास्थित नेपाली दूतावासले जनाएकाे छ ।

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ । यसअघि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका ८ जना नेपालीलाई कतारले माफी दिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *