आफ्नै चटकले ट्रोलको शिकार बनिन् प्रियंका

काठमाडौं । अभिनेत्री प्रियंका कार्की बेला–बेला ट्रोलको शिकार बन्ने गरेकी छिन् । उनी कहिले बोलिमा चिप्लिएर त कहिले आफ्ना गतिविधिले ट्रोलको शिकार बन्ने गर्छिन् ।

उनी अहिले गर्भवती छिन् । उनले केही समयअघि सामाजिक संजालमार्फत यसको जानकारी दिएकी थिइन् । उनले उक्त खबर सार्वजनिक गर्दै गर्दा धेरै दर्शकले उनलाई बधाई दिएका थिए ।

पछिल्लो समय उनले पेट देखाएर खिचेका तस्वीरहरु समाजिक संजालमा सार्वजनिक गर्ने गरेकी छिन् । केही दिन अघिमात्रै उनले सामाजिक सञ्जालमार्फत एउटा अनौठो तस्वीर सार्वजनिक गरेकी छिन् । तर, उनले सार्वजनिक गरेको यो तस्वीर भने सामाजिक सञ्जालमा ट्रोल बन्न थालेको छ ।

तस्वीरमा उनको पेटमा श्रद्धा मास्केले एउटा शिशूको अनुहारको चित्र बनाएकी छिन् । जहाँ शिशूले र आमाले एक साथ जुस पिउँदै गरेको देखिन्छ । तर, यसलाई दर्शकले भने त्यती रुचाएका छैनन् ।

अहिले फूर्सदको समयमा समयको सदुपयोग गरेको हो की नेपालीमा एउटा भनाई छ । बद्नाम हुनु गुमनाम नहुनु । त्यसैलाई अनुसरण गरेको हो त्यो प्रियंका आफैंलाई थाहा होला ।