ओमनले गर्‍यो श्रम बजारमा कडा नियमन

ओमनले गर्‍यो श्रम बजारमा कडा नियमन

मस्कट । ओमन सरकारले रोजगार प्रदायक संस्थान तथा कम्पनीहरुमा निरीक्षण गर्ने कामलाई कडाइ गरेको छ।

श्रम मंत्रालयको निरीक्षण टोलीले आफ्नो निरीक्षण कार्यलाई कडाइ गरेसँगै नियम उल्लंघन गर्ने श्रमिकहरूका साथसाथै रोजगार प्रदायक संस्थान तथा कम्पनीहरु पनि मन्त्रालयको कारबाहीमा परेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार ६ सय १७ जना प्रवासी श्रमिकलाई श्रम कानूनको प्रावधान र यसको कार्यान्वयन गर्ने प्रक्रियाहरूको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ। जसमा मस्कट गभर्नेटले सबैभन्दा बढी १ सय ६२ जनाको पक्राउ गरेको छ।

त्यस्तै श्रम मन्त्रालयको निरीक्षण टोलीले नियम उल्लंघन गर्ने ५३ वटा संस्था र सार्वजनिक मुद्दा परेका ९ संस्थालाई कारबाही अगाडि बढाउने भएको छ। त्यसरी नियम उल्लंघन गर्नेहरुलाई ५६ वटा भन्दा बढी लिखित चेतावनी जारी गरिएको छ। त्यस्तै, १ सय ४२ वटा मौखिक चेतावनी र नियम उल्लंघन गर्नेहरुलाई २ वटा ९७ वटा निर्देशनहरु जारी गरेको छ।

मन्त्रालयले व्यावसायिक सुरक्षा मापदण्ड र स्वास्थ्य मापदण्डको उल्लंघन गर्ने संस्थाविरुद्ध ११ वटा नोटिस जारी गरेको छ। त्यस्तै नौवटा प्रतिष्ठानलाई सार्वजनिक मुद्दाको सिफारिस गरिएको छ, भने अन्य ५१ वटा संस्थालाई सुधारका लागि नोटिस जारी गरिएको छ।

व्यवसायिक सुरक्षा र स्वास्थ्यको मापदण्डहरु उल्लंघन गर्ने प्रतिष्ठानविरुद्ध मन्त्रालयले ३७ वटा लिखित चेतावनी पनि जारी गरेको छ । त्यस्तै २७ वटा लिखित सतर्कता र १४ वटा निर्देशन पनि जारी गरेको थियो । १५ वटा सार्वजनिक अभियोजनको लागि उजुरी परेका प्रतिष्ठानमा पुनः अवलोकन गरिएको थियो। निरिक्षण गरिएका मध्ये १ सय ५ वटा उद्यमहरु भने व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्डको लागि प्रतिबद्ध थिए।

निरीक्षण सम्बन्धमा प्रतिवेदनले थप बताएअनुसार श्रम मन्त्रालयले ७ सय ३६ प्रतिष्ठानमा गरेका ४ सय ९१ निरीक्षण अनुसार ओमनमा कुल ९७ हजार ५३ श्रमिकहरु भएको पाइएको छ।

ओमनको श्रम मन्त्रालयको २०२१ को पहिलो त्रैमासिक रिपोर्ट अनुसार २०२१ मार्चको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी प्रवासीले ओमन छोडेका छन् । त्यस्तै करिब ७० हजारले ओमन छोड्नको लागि नाम दर्ता गरेका थिए।

३१ मार्च सम्ममा ‘ग्रेस पिरीयड’ मै ओमन छाड्नको लागि नाम दर्ता गरेका आप्रवासी श्रमिकको कुल संख्या ६९ हजार ४ सय ६७ थियो । जबकि वास्तविक रुपमा छोड्नेको संख्या ४८ हजार ८ सय ६३ रहेको छ।