विमानस्थलका प्रिपेड ट्याक्सी अब घरमै बोलाउन पाउने

विमानस्थलका प्रिपेड ट्याक्सी अब घरमै बोलाउन पाउने फाइल तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइयात्रुले विमानस्थलसम्म जान घरमै ट्याक्सी बोलाउन पाउने भएका छन् ।

जसमा त्रिभुवन विमानस्थलले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरपोर्ट प्रिपेड ट्याक्सीलाई मात्रै घरमा बोलाउन पाइने छ । त्रिभुवन विमानस्थल कार्यालयले सूचना जारी गर्दै यसको जानकारी दिएको छ।

त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बरसमेत सार्वजनिक गरेको छ । उपत्यकामा निषेधाज्ञा जारी गरिएसँगै यात्रुलाई विमानस्थल जान समस्या भएपछि यो व्यवस्था लागु गरिएको हो ।