के अब विदेशबाट आउने नेपाली होटल क्वारेनटाइनमा बस्नु पर्दछ ?

के अब विदेशबाट आउने नेपाली होटल क्वारेनटाइनमा बस्नु पर्दछ ? फाइल फोटो

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिएको छ । नयाँ भेरियण्टको चेन ब्रेक गर्न अर्थात संक्रमणकाे फैलावट रोक्न भन्दै काठमाडौँ उपत्यकाकामा बिहीवार बिहानबाट निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ ।

संक्रमण नियन्त्रणको लागि सरकारले आन्तरिक रुपमा कडाइ गरे पनि अन्तर्राष्ट्रिय सिमा नाका भने बन्द गरेको छैन् । हवाइ उडान पनि खुल्ला नै रहनेछन् । सरकारले तोकेका मापदण्ड पूरा गरेर यात्रुले नेपाल प्रवेश पाउने छन् ।

‘ के अब विदेशबाट आउने नेपाली होटल क्वारेनटाइनमा बस्नु पर्दछ ?’ यो प्रवास खबरसँग विभिन्न देशमा रहेका नेपालीले राखेको जिज्ञाशा हो। हामीले अध्यागमन विभागको सहयोगमा यसबारे जानकारी दिने प्रयास गरेका छौँ।

विभागका अनुसार नयाँ नियममा विदेशबाट आउने नेपाली यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य गरिएको छैन् । हवाइ मार्गबाट आउने नेपाली यात्रुले यात्रा सुरु गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ । यसरी प्रवेश गरेका यात्रु १० दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । होटल वा होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । अर्थात घरमा बस्ने व्यवस्था नभएमा मात्रै होटलमा बस्नु पर्याे । घरमा बस्न सक्ने अवस्था नहुनेले होटलमा बस्ने व्यवस्था मिलाउनु पर्दछ । खर्च भने व्यक्ति स्वंयमको हुनेछ ।