नेपालमा सुनको मूल्य घट्यो चाँदीको मूल्य बढ्यो

नेपालमा सुनको मूल्य घट्यो चाँदीको मूल्य बढ्यो सांकेतीक तस्वीर

काठमाडौं । नेपालमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा १ सय रुपयाँले घटेर छापावाला सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगी तेजावी सुन प्रति तोला९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भइ प्रति तोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ, तेजावी सुन ७७ हजार ७६० रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १२७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।