कोरोना अपडेट : मलेसियामा २४ हजार ७१३ सक्रिय संक्रमित

कोरोना अपडेट : मलेसियामा २४ हजार ७१३ सक्रिय संक्रमित

क्वालालम्पुर । मलेसियाम पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसहित हाल २४ हजार ७१३ सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण मलेसियामा थप १३ जनाले ज्यान गुमाएका छन् । यससँगै मलेसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४४९ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मलेसियामा थप २ हजार ७७६ जना कोरोना संक्रमित भेटिएका छन् । आज थपिएका संक्रमितसहित मलेसियामा संक्रमितको सख्या ३ लाख ९५ हजार ७१८ जना पुगेको छ ।