ओमनमा कोरोनाका कारण थप ३५ जनाले ज्यान गुमाए

ओमनमा कोरोनाका कारण थप ३५ जनाले ज्यान गुमाए

मस्कट । पछिल्लो ७२ घण्टामा कोरोना संक्रमणबाट ओमनमा ३५ जनाले ज्यान गुमाएका छन् । यससँगै ओमनमा कोभिड–१९ बाट मृत्यु हुनेको सख्या १ हजार ९७७ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ओमनमा थप ३ हजार ५३८ जना कोरोना संक्रमित भएका छन् । आप थपिएको संख्यासहित ओमनमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८१६ पुगेको छ । तीमध्ये १ लाख ६८ हजार ७७० जनामा भने कोरोना निको भइसकेको छ ।

हाल ओमनमा १८ हजार ६९ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७२ जनाको अवस्था भने नाजुक रहेको छ ।