कोरोनाको संक्रमणबाट मध्यपूर्वी देशमा २४५ नेपालको निधन

कोरोनाको संक्रमणबाट मध्यपूर्वी देशमा २४५ नेपालको निधन सांकेतीक तस्वीर

काठमाडौँ । कोरोना भाइरस (कोभिड) का कारण मध्पपूर्वी देशमा २४५ नेपालीले ज्यान गुमाएका छन् । रोजगारीको लागि मध्यपूर्वका विभिन्न मुलक पुगेका २४५ नेपालीको संक्रमणकै कारण ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटका अनुसार यो साता कुवेत र कुवेतमा थप ३ नेपालीको मृत्यु भएुसँगै ज्यान गुमाउनेको बढेर संख्या २४५ पुगेको हो ।

योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीले मृत्युवरण गरेका छन् ।