भारतीय उडानमाथि कुवेतको प्रतिवन्ध

भारतीय उडानमाथि कुवेतको प्रतिवन्ध

कुवेत । भारतमा कोरोनाको संक्रमणले महामारीको रुप लिएसँगै विश्वका विभिन्न देशहरुले भारतीय उडानमाथि प्रतिवन्ध लगाउन थालेका छन् । यसैक्रममा कुवेतले पनि भारतीय उडानमाथि प्रतिवन्ध लगाएको छ ।

कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार २४ अप्रिल शनिबारदेखि अर्काे सूचना जारी नभएसम्म भारतबाट सिधै उडान हुने सम्पूर्ण व्यवसायिक उडानहरुलाई प्रतिवन्ध लगाइएको हो ।

विश्वमा फैलिदैँ गएको कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै कुवेतका स्वास्थ्य अधिकारीहरुले दिएको निर्देशन अनुरुप भारतीय उडानमा रोक लगाइएको बताइएको छ।

नयाँ नियम अनुसार सिधै भारतदेखि वा भारतबाट अर्काे मुलुक हुँदै कुवेत प्रस्थान गर्ने यात्रु भारत छोडेको १४ दिन नकटेसम्म कुवेतमा प्रवेश गर्न पाउनेछैनन्।