साइप्रमा फेरि लकडाउन, नेपालीलाई सावधानी अपनाउन आग्रह

साइप्रस । कोेरोना भाइरसको संक्रमण बढ्दै गएपछि साइप्रसमा फेरि लकडाउन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अनुसार २६ अप्रिल सोमबारदेखि पूर्ण रुपमा लकडाउन हुने भएको हो ।
लकडाउन १५ दिन अर्थात १० मेसम्म हुनेछ । अहिले जारी रातको कफर््यू पनि बढाइएको छ । नयाँ नियम अनुसार कफर््य अवधि रातको ९ बजेदेखि बिहान ५ बजेसम्म रहनेछ ।
लकडाउन अवधिमा दिनमा एक पटक मात्रै म्यासेज पठाएर बाहिर निस्कन पाइनेछ । यो अवधिमा अत्यावश्यक सेवा प्रदायक क्षेत्रबाहेक अन्य सबै बन्द रहनेछन् ।
एनआरएनएले साइप्रसमा रहेका नेपालीलाई लकडाउनका नियमलाई पालना गर्दे सुरक्षित रहन आग्रह गरेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर