नेपालमा आज कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाए

नेपालमा आज कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाए सांकेतीक तस्वीर

काठमाडौं । नेपालमा आज २ हजार ३६५ नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १ जनाको पीसीआर विधि र ४४७ जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएको संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । तीमध्ये २ लाख ७६ हजार ३४५ जना निको भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या भने १२ हजार ६९० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ११७ जना पुगेको छ ।

नेपालमा कोभिड–१९ सुरु भएदेखि हालसम्म २३ लाख ७९ हजार ४०२ जनामा कोरोना परिक्षण गरिएको छ ।