मलेसियामा बिहिवार झन्डै ३ हजार कोरोना संक्रमित थपिए

मलेसियामा बिहिवार झन्डै ३ हजार कोरोना संक्रमित थपिए क्वलालम्पुर

क्वालालम्पुर । मलेसियामा विहिवार झन्डै ३ हजार  नयाँ कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै मलेसियामा कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ६८८ पुगेको छ । तीमध्ये ३ लाख ६१ हजार २६७ जना कोरोनामुक्त भइसकेका छन् ।

हाल २२ हजार १४ जना सक्रिय संक्रमित रहेकोमा २४८ संक्रमितको अवस्था भने गम्भिर रहेको छ ।

पछिल्लो २४ घण्टामा मलेसियामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४०७ पुगेको छ ।

मलेसियामा हालसम्म ८७ लाख ८३ हजार २७ जनामा कोरोना परिक्षण गरिएको छ ।