बैशाख २७ पछि नेपालमा कतारी रियाल नसाटिने

बैशाख २७ पछि नेपालमा कतारी रियाल नसाटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा बैशाख २७ बाट कतारी रियाल नचल्ने भएको छ । नेपाली नागरिकसँग कतारी रियाल भएमा बैंकले तोकेको समयभित्र साट्न राष्ट्र बैंकले अनुरोध गरेको हो ।

कतारी केन्द्रिय बैंकले जुलाईबाट चौथो संस्करणका नोटलाई चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । यो निर्णयसँगै बैंकले पाँचौं संस्करणका नयाँ नोट बजारमा ल्याइ पुरानो नोट साट्न थालेको छ । यससँगै नेपाली नागरिकसँग पनि कतारी रियाल भए बैशाख २७ भित्र साट्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकको बैंकिङ विभाग, बैंकको प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजत प्राप्त बैंक तथा बित्तिय संस्था वा मनिचेन्जरबाट कतारी रियाल सटही गर्न सकिनेछ ।

तोकेको मितिभित्र सटहीको लागि नआएमा सोभन्दा पछि कुनै पनि बैंक, वित्तिय संस्था लगाएत जीम्मेवार नरहने नेपाल राष्ट्र बैंकाले जनाएको छ ।



No ads found for this position