नेपाली नारी समाज पोर्चुगलको अध्यक्षमा शिवानी

नेपाली नारी समाज पोर्चुगलको अध्यक्षमा शिवानी

पोर्चुगल । नेपाली नारी समाज पोर्चुगलको तेस्रो महाधिवेशनले सीता श्रेष्ठ ‘शिवानी’को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिमा प्रीतु लामा, ज्योत्सना अधिकारी, गीता रेउले, जानकी सुवेदी (पोर्तो) उपाध्यक्षमा चयन भएका छन् । यसैगरी महासचिवमा पुनम गौतम, सचिवमा कल्पना कार्की र मोनिका भुसाल रहेका छन् । साथै कोषाध्यक्षमा डोङ्गाल्हामु शेर्पा र सहकोषाध्यक्षमा देवी गुरुङ चयन भएका छन् ।

समाजका संस्थापक सीता बरालको संयोजकत्वमा गठित निर्वाचन समितिले लक्ष्मी परियार, स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अङ्किता खनाल, गङ्गा लामा, स्नेहा परियार, बबिता शर्मा, विन्दु गौतम, इन्द्रकुमारी थापा, बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङलाई सदस्यामा चयन गरेको छ ।

भर्चुअल माध्यबाट भएको तेस्रो अधिवेशनमा पोर्चुगलका लागि अवैतानिक महावाणिज्यदूत मकर हमालले समाजले सामाजिक सेवा र महिला अधिकारको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको वताए । संस्थाका संरक्षक एवं लैङ्गिक हिंसा विशेषज्ञ डा. ज्योति तुलाधरले नवनिर्वाचित समितिलाई गोपनीयता र पदको शपथ खुवाएकी थिइन् । उनले समाज स्थापनाकालदेखि महिला अधिकारका लागि उल्लेखनीय भूमिका खेलेको बताइन् ।

अधिवेशनमा समाजको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशनमा पोर्चुगलमा रहेका विभिन्न नेपाली सामाजिक सङ्घसंस्थाका अध्यक्षको सहभागिता थियो ।