विदेशबाट काठमाडौं आएका चार जहाज भारतमा ‘डाइभर्ट’

विदेशबाट काठमाडौं आएका चार जहाज भारतमा ‘डाइभर्ट’ File Photo

काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौंको हवाइ सेवा प्रभावित भएको छ । शुक्रबार बेलुका हावाहुरीसँगै चट्याङ परेपछि हवाइ सेवा प्रभावित भएको हाे।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको हो ।

विमानस्थल कार्यालयका अनुसार साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स र नयाँ दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई भारतको वनारस डाइभर्ट गरिएको छ । त्यस्तै कतारको दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ ।

त्यसैगरी दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फिर्ता पठाइएको छ ।

आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो ।