लण्डनमा लागूपदार्थ सेवन र तस्करीको आरोपमा एक नेपाली पक्राउ

लण्डनमा लागूपदार्थ सेवन र तस्करीको आरोपमा एक नेपाली पक्राउ

लण्डन। दक्षिणपूर्वी लण्डनमा अवैध लागूपदार्थ सेवन गरेको आरोपमा एक नेपालीसहित २ जनालाई लण्डन प्रहरीले पक्राउ गरेकोे छ ।

पल्मस्टर्डको हर्बर्ट रोडमा बस्ने ३३ वर्षीय अमित अधिकारी र स्प्रिङफिल्ड ग्रोभका १९ वर्षीय समातार सर्माइकेलाई ९ अप्रिलमा प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई अधिकारीहरुले नियमित पेट्रोल (गस्ती) को क्रममा पक्राउ गरेका हुन्। उनीहरुलाई कोकिन र हिरोइनको सेवन र आपूर्तिमा संलग्न रहेको आरोप लगाइएको छ ।

उनीहरुलाई इन्स्टीट्युड रोडमा लागू पदार्थ सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट हिरोइन र क्र्याक कोकिन बरामत गरेको जनाएको छ ।

पक्राउ परेका अधिकारी र समाइकेलाई १२ अप्रिलमा मिडवे मजीस्ट्रेट्स कोर्टमा उपस्थित गराइएको थियो । साथै १० मेमा मेइडस्टन क्राउन कोर्टमा उपस्थित हुन निर्देशन दिइएको छ।