भारतद्धारा पूर्वी नाका बन्द

भारतद्धारा पूर्वी नाका बन्द

काठमाडौं । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका ७२ घण्टा बन्द गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको हो ।

झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार विहिबार बिहान ६ बजेदेखि शनिबार बेलुका ६ बजेसम्मका लागि सीमा नाका बन्द गरिएको हो । उनका अनुसार यस समयमा यातायात तथा मानिसको आवतजावतमा पूर्ण रोक लगाइएको छ ।