यूएईमा रमजान मनाउँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी नियमहरु

यूएईमा रमजान मनाउँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी नियमहरु

यूएई । मुस्लिम समुदायको पवित्र चाड रमजान सुरु भएसँगै यूएईले स्वास्थ्य सतर्कतामा थप कडाइ गरेको छ । सामूहिक रुपमा मनाइने रमजान यो वर्ष भने यूएईका नागरिकले घरमै सिमित भइ मनाउनु पर्ने भएको छ।

यूएईमा दैनिक रुपमा कोरोना संक्रमित थपिने क्रम जारी छ । रामजानको समय भिडभाड बढेसँगै कोरोना संक्रमणको जोखिम उच्च रहने हुँदा यूएईले रमजान विशेष स्वास्थ्य नियम जारी गरेको छ।

मंगलबार राष्ट्रिय आपतकालिन, संकट र विपत व्यवस्थापन प्राधिकरण (एनसीईएमए) ले कोभिड–१९ बारे सुरक्षा नियम सार्वजनिक गरेको छ। प्राधिकरणले स्वास्थ्य नियम पालना गर्दै पवित्र पर्व रमजान मनाउन यूएईले अनुरोध गरेको छ।

सामाजिक व्यवहार
-समुहमा खाइने रमजान विशेष इफ्तार खाना परिवारभित्रै खानुपर्नेछ ।

-रमजानको शुभकामना फोन वा सामाजिक सञ्जाल मार्फत आदनप्रदान गर्नुपर्नेछ ।

-इफ्तारको समयमा मस्दीजमा जमघट गर्न पाइने छैन।

-भिडभाड बजार र पसलबाट टाढै बस्ने।

-इफ्तारको पालहरु ल्गाउन पाइने छैन्।

-कुरान प्रतिलिपि वा अन्य उपहार वितरण गर्न पाइने छैन्।

-सहयोग लिन चाहनेले सम्बन्धीत अधिकारिसँग सम्पर्क गरेर लिनुपर्नेछ।

इफ्तार वितरण (व्यक्तिगत)

– ढोका ढोकामा खाना वितरण गर्न प्रतिबन्ध गरिएको छ।

-परिवार र छिमेकीसँग खाना साटासाट नगर्ने।

– मस्जिदहरुमा खाना पठाउन पाइने छैन्।

इफ्तार वितरण (संस्थां)

-शिविर व्यवस्थापक र रेष्टुरेण्टबिचको समन्वयमा श्रमिक शिविर र समुदायमा खाना वितरण गर्न सकिनेछ।

-सामाजिक दूरी, स्वास्थ्या मापदण्डको व्यवस्था भएको खुल्ला स्थानमा मात्रै खाना वितरण गर्न पाइनेछ।

-रेष्टुरेण्ट बाहिर वा भित्र इफ्तारको खाना वितरण गर्न पाइने छैन्।

-इफ्तारको खाना उच्च सार्वजनिक स्वास्थ्य मापदण्ड अपनाएर तयार गर्नुपर्नेछ।

-खाना तयार गर्ने र व्यवस्था गर्नेले नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्नेछ।

-अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ।

-खाना एक जनाले मात्र खान मिल्नेगरी प्याकिङ गर्नुपर्नेछ।

-खाना प्याकिङ गर्ने, बेर्ने र वितरण गर्ने समय सामाजिक दूरी कायम गर्नुपर्ने छ।