वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालको सरुवा

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएको छ । उनलाई मुख्यमन्त्रीको कार्यालय लुम्बिनीमा सरुवा गरिएको हो।
दाहालले १४ महिनासम्म विभागको नेतृत्व गर्ने अवसर पाए । तत्कालीन महानिर्देशक भिष्म कुमार भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेर दाहाललाई २०७६ माघ २२ गते विभागमा पठाइएको थियो।
विभागका निर्देशक (सूचना अधिकारी) महेन्द्रनाथ भट्टराईले भने अझैसम्म दाहालको सरुवाबारे औपचारिक जानकारी विभागसमक्ष आइनपुगेको प्रवास खबरलाई बताए ।
Facebook Comment