कतार प्रहरी रोजगारीबारे दूतावासले कुनै मागपत्र प्रमाणिकरण गरेको छैन: विभाग

कतार प्रहरी रोजगारीबारे दूतावासले कुनै मागपत्र प्रमाणिकरण गरेको छैन: विभाग

काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरी रोजगारीबारे भइरहेको अवैधानिक कार्यप्रति आपत्ति जनाएको छ । विभागले विभिन्न व्यक्ति तथा संस्थाले कतार प्रहरीमा पठाउने भन्दै गरिरहेको ठगीबाट बच्न अनुरोध गरेको हो ।

कतार प्रहरीको रुपमा रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्ति तथा संस्थाले राहदानी लगायत कागजात संकलन गर्ने, अन्तर्वार्ता लिने र रकम संकलन गर्ने कार्य भइरहेको भन्ने सुन्नमा आएको विभागले जनाएको छ । विभागका अनुसार हाल कतार प्रहरीको लागि कतारस्थित नेपाली दूतावासले कुनै मागपत्र प्रमाणीकरण गरेको छैन ।

हाल दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण नभएको र विभागले कुनै पूर्व स्वीकृति प्रदान नगरेकोले कतार प्रहरीको नाममा हुन सक्ने ठगीबाट बच्न विभागले अनुरोध गरेको हो । कतार प्रहरी बाहेक अन्य रोजगारीका लागि नेपाली कामदार पठाउने कार्य भने जारी रहेको विभागले जनाएको छ ।