एकै दिन ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकै दिन ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । बुधबार प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन ९ सयले बृद्धि भएर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रति तोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीमा आज १५ रुपैयाँले बृद्धि भएर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७४ हजार १६० रुपैयाँ, तेजावी सुन ७३ हजार ७७५रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ३७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।